चार महिनाको उपचारपछि चीनबाट फर्किए वर्षमान पुन

 

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन चार महिनाको स्वास्थ्य उपचारपछि चीनबाट स्वदेश फर्किएका छन् ।

चीनमा चार महिना लामो स्वास्थ्य उपचारपछि शुक्रबार पुन श्रीमती ओनसरी घर्तीसहित स्वदेश फर्किएका हुन् । शुक्रबार उनको स्वागतका लागि उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, संघीय मामिला मन्त्री अमनलाल मोदी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमानस्थलमा पुगेका थिए ।

स्वास्थ्यमा पूर्ण सुधार आएपछि स्वदेश फर्किएको बताएका पुनले अब सक्रिय राजनीतिमा रहने जानकारी दिए ।
उनी जटिल प्रकारको वंशाणुगत जन्डिस रोगबाट पीडित छन् । सोही रोग बल्झिएपछि गत १ फागुनमा उपचारका लागि चीन गएका पुनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा उपचार गरिएको हो ।

कमेन्टहरु
Loading...