पुँजीगत लाभकर नै अन्तिम कर हुने भएपछि सेयर बजारमा उत्साह

काठमाडौ । अर्थ मन्त्रालयले सेयर लगानीकर्ताका माग पूरा गर्न सहमत भएपछि सेयर बजार बढ्न थालेको छ । नेप्से सूचकसँगै कारोबार रकममा पनि तेजी आउन थालेको हो ।

आइतबार अर्थ मन्त्रलायमा भएको वार्तामा अर्थमन्त्री प्रकाशशरण महतले हाल कायम ५ प्रतिशत र ७.५ प्रतिशत पुँजीगत लाभकर नै अन्तिम हुने  स्पष्ट गराए । यसका लागि अर्थ मन्त्रालयले एउटा विज्ञप्तिसमेत जारी गरिसकेको छ ।

 

सेयर बजार नै ठप्प पारेका लगानीकर्ताहरु यो खबरसँगै उत्साहित भएका छन् । फलस्वरुपः सेयर बजार पनि बढ्न थालिसकेको छ । कारोबार पनि नियमित सुचारु हुन थालेको छ ।

कमेन्टहरु
Loading...