सिटी होटलको आइपीओ बाँडफाँट

काठमाडौ । सिटी होटलको आइपीओ आज शुक्रबार (जेठ ५ गते) बाँडफाँट भएको छ ।

 

जसअनुसार गोलाप्रथामार्फत १ लाख ३५ हजार ५९४ जना आवेदकहरुले १० कित्ताका दरले सेयर पाएका छन् । यस आइपीओमा कुल १० लाख ९२ हजार ६६७ जना आवेदकले आवेदन दिएकामा १० लाख ८७ हजार ६७५ जनाको आवेदन बाँडफाँटका लागि योग्य भएको बिक्री प्रबन्धकले जानकारी गराएको छ । होटलले वैशाख २५ गतेदेखि २८ गतेसम्म आइपीओ निष्कासन गरेको थियो ।

 

यस होटलको जारी पुँजी १ अर्ब ६७ करोड ४० लाख रुपैयाँ छ । कम्पनीले पब्लिकका लागि छुट्याएको कुल १६ लाख ७४ कित्ता सेयरमध्य १ लाख ६७ हजार ४०० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई बिक्री गरिसकेको छ । यस्तै, ६६ हजार ९६० कित्ता सेयर कर्मचारीहरु र ८३ हजार ७ सय कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको थियो ।

 

सर्वसाधारणले बाँकी रहेको १३ लाख ५५ हजार ९४० कित्ता सेयरका लागि आवेदन दिएका हुन् । लगानीकर्ताले आइपीओको नतिजा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल र सिटी होटलको वेबसाइटबाट हेर्न सकिनेछ । साथै, सीडीएस एन्ड क्लियरिङले आइपीओ नतिजा हेर्न बनाएको वेबसाइट बाट पनि रिजल्ट थाहा पाउन सकिन्छ ।

कमेन्टहरु
Loading...