घट्याे डिजेल र मट्टीतेलको मुल्य तर घटेन पेट्रोलको मुल्य

काठमाडौं । आजवाट डिजेल र मट्टितलको मुल्य घटेको छ ।

 

नेपाल आयाल निगमका अनुसार आजवाट डिजेल र मट्टितेलको १० रुपैयाँ मुल्य घटेको छ ।

 

ईन्डियन आयाल कर्पोरेशन लिमिटेडले १६ मे २०२३ देखी लागु हुने गरी मुल्य घटेर आएको भन्दै आयल निगमले डिजेल र मट्टितेलको मुल्य घटाएर १५५ रुपैयाँ कायम गराएको हो । यसअघि डिजेल र मट्टितेलको खुद्रा मुल्य १६५ रुपैयाँ रहेको थियो ।

 

तर, ‘पेट्रोल, हवाई इन्धन, एलपी ग्याँसको खुद्रा मुल्य भने हाललाई यथावत नै राखिएको’ निगमले जनाएको छ ।

 

जसअनुसार पेट्रोल १७५ रुपैया, हवाई इन्धन (आन्तरिक) १६० रुपैया, हवाई इन्धन (बाहय) १.३५ अमेरिकन डलर, एलपी ग्याँस १८ सय रुपैँया कायमै रहेको निगमले जनाएको छ।

कमेन्टहरु
Loading...