काठमाडौ । सिटी होटलको आईपीओमा आवेदन दिने बिहीबार वैशाख २८ गते अन्तिम दिन रहेको छ। होटलले सर्वसाधारण लगानीकर्तालाई वैशाख २५ गतेदेखि आईपीओ निष्कासन खुला गरेको हो ।
यस कम्पनीको आईपीओमा लगानीकर्ताले बिहीबार कार्यालय समयभित्र आवेदन दिन सक्नेछन् । यो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन पाइनेछ ।
यस होटलको जारी पुँजी १ अर्ब ६७ करोड ४० लाख रुपैयाँ छ । कम्पनीले पब्लिकका लागि छुट्याएको कुल १६ लाख ७४ कित्ता सेयरमाध्ये १० प्रतिशत अर्थात् १ लाख ६७ हजार ४०० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई बिक्री गरिसकेको छ । ४ प्रतिशत अर्थात् ६६ हजार ९६० कित्ता सेयर कर्मचारीहरु र ५५ अर्थात् ८३ हजार ७ सय कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ ।
यसैगरी बाँकी रहेको १३ लाख ५५ हजार ९४० कित्ता सेयरका लागि आवेदन खुला गरेको हो । यसमा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गरेको छ ।
लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् । रेटिङ रेटिङ एजेन्सी केयर नेपालले सिटी होटलको आइपीओलाई केयर एनपी डबल बी प्लस इस्यूअर रेटिङ प्रदान गरेको छ । यसले दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको जनाउँछ ।