माधव नेपाल र वामदेव गौतमबीच छलफल, पार्टी एकता होला ?

काठमाडौं / नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमबीच भेटवर्ता भएको छ ।

मंगलबार एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा उनीहरूबीच भेटवार्ता भएको हो ।

भेटवार्तामा एकीकृत समाजवादीका तर्फबाट अध्यक्ष नेपालका अलवा महासचिव घनश्याम भुसाल, उपमहासचिव गंगालाल तुलाधार, नेता जीवनराम श्रेष्ठ सहभागी थिए । नेताहरुबीच पार्टी एकताका विषयमा कुराकानी भएको समाजवादीका नेता जीवनराम श्रेष्ठले जानकारी दिए ।  उनका अनुसार एकताका विषयमा भएको छलफल सकरात्मक रहेको छ ।

कमेन्टहरु
Loading...