शहिद स्मारक ए डिभिजन आज तीन खेल हुदैँ

काठमाडौं। शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज तीनवटा खेल हुदैँछन ।

 

आज हुने तीनवटा खेल मध्ये दुईवटा खेल दशरथ रंगशालामा हुनेछ भने एउटा खेल च्यासल मैदानमा हुनेछ ।

 

जसअनुसार त्रिपुरेस्थित दशरथ रंगशालामा थ्रि स्टार र न्युरोड टिम बिच पहिलो प्रतिस्पर्धा हुनेछ, जुन खेल दिउँसो ३ बजेवाट सुुरु गरिने छ ।

 

रंगशालामा नै हुने अर्को खेल भने साँझ ६ बजेवाट सुरु हुनेछ । जुन खेलमा जावालाखेल युथ क्लब र हिमालयन शेर्पा क्लब बिच प्रतिस्पर्धा हुनेछ ।

च्यासल खेल मैदानमा भने संकटा क्लब र सातदोवाटो युथ क्लब आमुने सामुने हुनेछन् । जुन खेल दिउँसो ३ बजे सुरु हुने अखिल नेपाल फुटवल संघ (एन्फा)ले जनाएको छ ।

कमेन्टहरु
Loading...