थ्राइभ ब्रोकरको शाखा दमौलीमा

पोखरा । थ्राइभ ब्रोकरेज हाउस प्रालि (स्टक ब्रोकर नं.१३)को शाखा कार्यालय तनहुँमा विस्तार भएको छ । विगत २६ वर्षदेखी घितोपत्र दोस्रो बजारमा सेवा दिदै आएको कम्पनीको शाखा कार्यालयको शुक्रबार व्यास नगरपालिका दमौलीमा उद्याटन गरिएको हो । व्यास नागरपालिका प्रमुख बैकण्ठ न्यौपानेले शाखाको उद्याटन गरेका थिए ।
१३ वर्ष पहिले पोखरामा शाखा स्थापना गरेको कम्पनीले दमौलीमा दोस्रो शाखा स्थापना गरेको हो ।

शाखा उद्याटनसगै उक्त अवसरमा धितोपत्र सेयर बजार सम्बन्धी लागानीकर्ता शिक्ष तथा सचेतना कार्यक्रम पनि सम्पन्न भएको कम्पनीका अध्यक्ष अनोजराज पौड्यालले जानकारी दिए ।
कार्यक्रममा लागानीकर्तालाई स्टक एक्सचेन्च र कारोबार प्रणालीको वारेमा प्रशिक्षक विशाल अधिकारीले सहजिकरण गरेका थिए ।
यस पहिलो कम्पनीले यही बैशाख १८ गते पोखरामा घितोपत्र सेयर बजार सम्बन्ब्धी लागनीकर्ता शिक्षा तथा सचेतना कार्यक्रम सम्पन्न गरेको थियो ।

कमेन्टहरु
Loading...