दशनामी समाजको अध्यक्षमा पाेखराका तारा गिरीकाे उम्मेदवारी

पाेखरा । नेपाल दशनामी समाजको अध्यक्ष पदमा कास्की पाेखराका तारा गिरीले उम्मेदवारी घोेषणा गरेका छन् । यहि चैत ३ र ४ गते कोशी प्रदेशको ईटहरीमा हुन गइरहेको नेपाल दशनामी समाजको छैटौँ रष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदका लागि गिरीले उम्मेदवारी दिएका हुन् ।

विगत तीन दशकदेखि समाजका निम्ति योगदान दिँदै आएका गिरी विभिन्न प्रतिष्ठित संघ संस्थाहरुमा पनि आबद्ध छन् । अहिलेसम्म समाजकै निम्ति काम गरेको र आगामी दिनमा पनि समाजकै निम्ति जिवन समर्पित गर्ने उम्मेदवार गिरीले बताए । ‘हाम्रो आफ्नो संस्कार, संस्कृति हकअधिकारको लागि राज्य पक्ष सगैँ पहल गर्नुपर्नेछ,’ उनले भने,‘यि सबै कार्यहरु बेलैमा पहल गरी दशनामी समाजलाई आफ्नोे पहिचान देशमा स्थापित गर्नुपर्नेछ।’

कमेन्टहरु
Loading...