गण्डकी मुख्यमन्त्रीमा नियुक्त भएपछि मन्त्रालय घटाउने खगराजको उद्घोष

पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएपछि खगराज अधिकारीले प्रदेशको मन्त्रालय घटाउने उद्घोष गरेका छन् । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङबाट नियुक्ती लिएलगतै पत्रकारसँग कुरा गर्दै अधिकारीले मन्त्रालय घटाउने उद्घोष गरेका हुन् ।
अधिकारीको मुख्यमन्त्रीका लागि सपथ कार्यक्रम पनि आजै हुने प्रदेश प्रमुख कार्यायलयले जनाएको छ ।

६० सदस्यीय गण्डकी प्रदेश सभामा एमालेका २२, माओवादीका ८, राप्रपाका २ र स्वतन्त्र सांसद दीपक मनाङेको गरि (३३ जना)को समर्थनमा खगराजले मुख्यमन्त्री नियुक्तको दाबी पेश गरेका थिए ।

एमाले स्थायी कमिटी सदस्य तथा संगठन विभाग प्रमुखसमेत रहेका खगराजले कास्की–१ (१) बाट चुनाव जितेका हुन् ।

कमेन्टहरु
Loading...