शिक्षा पन्त, लमजुङ । लमजुङमा भएको ३०औं संस्करणको त्रिवेणी कप फुटबलको उपाधि चितवनको रामपुर फुटबल क्लब, रोड्स रामपुरले जितेको छ।
लमजुङको बेसीसहर स्थित सहजी रंगशालामा मंगलबार भएको फाइनल खेलमा बागमती युवा क्लब सर्लाहीलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै रोड्स रामपुर बिजेता बनेको हो।
खेलको निर्धारित समय र थप गरिएको समयमा १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो।
बागमतिका अनिल रानाले १८ औं मिनेटमा र रामपुरका सुरेश कुमालले ३७ औं मिनेटमा गोल गर्दा खेल बराबरीमा रोकिएको थियो ।
त्रिवेणी युवा क्लबले आयोजना गरेको प्रतियोगिताको उपाधिसँगै रामपुरले ५ लाख प्राप्त गर्दा उपविजेता बागमतीले ३ लाख प्राप्त गरेको छ। यस्तै सेमिफाइनलमा पराजित टोलीले ५०/५० हजार पाए ।
प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी रामपुर रोड्सका सुरेश कुमाल चुनिए। सर्वाधिक गोलकर्ता बागमतीका देव गुरुङ, रामपुरका सुरेश कुमाल र समाज कल्याणका अब्दुल्लाहले संयुक्त पाएभने उत्कृष्ट गोलकिपरको उपाधी बागमतीका रबिन बस्नेत पाए ।