पौरखे कालीमाटी सामुदयिक वन समूहको २३ औ अधिवेशन सम्पन्न

पौरखे कालीमाटी सामुदयिक वन समूह पोखरा ३१ सुन्दरीडाडाको ३९ औ आम उपभोक्ता भेला तथा २३ औ अधिवेशन सम्पन्न भएको छ । भेलाले पुन बिरेन्द्र ढकालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। लेखनाथ सब डिबिजन बन कार्यलयका प्रमुख राम बहादुर वि क को प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सर्वसम्मत रुपमा नया समिती चयन भएको निर्वाचन समितीका संयोजक विजय न्यौपानेले जानकारी दिए। समितीको उपाध्यक्षपदमा गिता तिमिल्सीना, कोषाध्यक्षमा टिकामाया गुरुङ, सचिवमा धुर्ब प्रसाद लामिछाने , सहसचिवमा मणिराम तिवारी सदस्यहरुमा चन्द्र बहादुर भुजेल, टक बहादुर भुजेल, अन्जना पाण्डे, मङ्गल जलारी, निरमाया भुजेल, समुन्द्र भुजेल, इन्द्र प्रसाद तिवारी र अर्जुन सापकोटा रहेका छन् ।

 

कमेन्टहरु
Loading...