लमजुङमा ३० औं त्रिवेणी कप प्रतियोगिता सुरु

लमजुङ / लमजुङको बेँसीसहरको सहजी खेल मैदान त्रिवेणी रंगशालामा त्रिवेणी कपको ३० औँ संस्करण सुरु भएको छ। विगत ३० वर्षदेखि बेँसीसहरमा हुँदै आएको त्रिवेणी कप फुटबल प्रतियोगिता मंगलबारबाट सुरु भएको हो । लमजुङमा आयोजित राष्ट्रव्यापी फुटवल प्रतियोगितामा देशभरका १४ क्लबले भाग लिएका छन्।

प्रतियोगिताको गण्डकी प्रदेशका सासद एवम् क्लबका पुर्व अध्यक्ष भेषबहादुर पौडेलले उद्घाटन गरेका हुन्। पौडेलले लमजुङमा राष्ट्रियस्तरको प्रशिक्षण केन्द्रको स्थापना गरी खेलको विकास र खेलाडीले खेल्न सक्ने उपयुक्त वातावरणको सिर्जना गर्नुपर्ने बताए। जिल्लामा फुटवल खेलको विकास र प्रवर्धन गरी व्यावसायीकरण गर्ने र राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरको खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता सञ्चालन गरिएको क्लबका अध्यक्ष विनोद गुरुङले बताए।

त्रिवेणी कपको पहिलो संस्करणमा पहिलो हुने समूहलाई नगद पाँच लाख त्रिवेणी कप, स्वर्ण पदक र प्रमाणपत्र प्रदान गरिनेछ । दोस्रो हुने समूहलाई रजत पदकसहित नगद तीन लाख प्रदान गरिनेछ । सेमिफाइनल उपविजेता दुई समूहलाई नगद ५०–५० हजार प्रदान गरिने अध्यक्ष गुरुङले बताए । अध्यक्ष गुरुङका अनुसार सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट खेलाडीलाई नगद १५–१५ हजार, स्वर्ण पदक र प्रमाणपत्र प्रदान गरिनेछ । अनुशासित टिमलाई ट्रफी र प्रमाणपत्रको व्यवस्था गरिएको छ ।

-न्युज कारखाना

कमेन्टहरु
Loading...