शिक्षा पन्त, लमजुङ । लमजुङको सुन्दरबजार नगरपालीका वडा नम्बर–९ फेदीकुनामा ७ दिने अचार बनाउने तालिम सुरु भएको छ । फेदीकुना स्थित सिद्धेश्वर शिव मन्दिर परिसर ब्राम्हण क्षेत्री समाज भवनमा पुष १३ गतेसम्म अचार बनाउने तालिम सुरु भएको हो ।
तालिमको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि सुन्दरबजार नगरपालीकाका नगरप्रमुख कृष्णप्रसाद कोइरालाले तालिम लिएर मात्र नहुने भन्दै सीपलाई निरन्तर व्यवहारमा लागूगरी आयआर्जन गर्न सुझाव दिए । महिलाहरुलाई व्यवसाहिक स्वरोजगार बन्न, आर्थिक, समाजिक रुपमा सशक्तिकरण गर्ने विषयमा नगरले समेत प्राथमिकता दिएको बताए । स्वाबलम्बन बनाउनका निमित्त सहनशिला नेपाल नामक संथाले ५० जना महिलाका लागि ७ दिने अचार बनाउने तालिम सञ्चालन गरेको हो ।
सहनशिला नेपालका अध्यक्ष शर्मीला बोहराले महिलाका हातमा सिप भए परनिर्भर बन्न नपर्ने भन्दै अचार बनाउने तालिम पश्चात निर्वाहमुखी मात्र होइन व्यवसायीक ढंगले अगाडी बढ्न जोड दिएको उल्लेख गरिन् । अनुशासित, तिब्र इच्छा भएका र आर्थिक स्तर कमजोर भएका महिलालाई प्राथमिकतामा राखेर तालिम दिएको उनले बताइन् ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै महिलाहरुलाई आत्मनिर्भर हुन प्रेरित गर्ने उदेश्यले आफ्नो संथाले सिपमूलक तालिम सञ्चालन गरेको सहनशिला नेपालका कोषाध्यक्ष सुस्मिता अधिकारीले बताइन् । उनले ७ दिनसम्म सिप सिक्न दिएको समयलाई सदुपयोग गरेर अघि बढ्न तालिममा सहभागी महिलाहरुलाई आग्रह गरिन् । तालिम अवधिभर प्रशिक्षक सुनिता श्रेष्ठले विभिन्न प्रकारका अचार बनाउने सिप सिकाउने उनको भनाई छ ।
तालिम उद्घाटन सत्रको कार्यक्रम संचालन संचारकर्मी शिक्षा पन्तले गरेकी थिइन् । कार्यक्रममा प्रमुख अतिथि सुन्दबजार नगरपालीकाका नगरप्रमुख कृष्ण कोइराला, नेपाल सांस्कृतिक संघका केन्दि«य सभापति एवं सहनशिला नेपालका सल्लाहकार तिर्थ थापा, सुन्दबजार नगरपालीका वडा नं. ९ का वडाअध्यक्ष मनराज गुरुङ, नेपाल पत्रकार महासंघ लमजुङ शाखाका सहसचिव एवं रेडियो भोटेवडारका समाचारप्रमुख श्याम शितल, सुन्दबजार नगरपालीका वडा नं. ९ का वडा सदस्य मधु भट्टराई , चिजा परियार र स्थानिय एवं बुद्धिजिवि रामहरि भट्राई र तालिम लिने महिलाहरुको उपस्थित रहेको थियो ।