पोखरा । नेकपा एमालेको तर्फबाट कास्की क्षेत्र नम्बर १ प्रदेश सभा १ का उम्मेदवार खगराज अधिकारीले ब्यबस्था परिवर्तनदेखि बिकासको काममा सदैव जनताको साथमा रहेर काम गर्दै आएको बताएका छन् । वडा नम्बर ३० को उम्मेदवार भेटघाट कार्यक्रममा बोल्दै उनले वडा नम्बर ३० को शिशुवा अस्पताललाई स्तरोन्नति गर्दै कोभिडको समयमा पनि आवश्यक स्वास्थ्य सामाग्री लिएर हरेक पटक आउने गरेको स्मरण गराउदै समयक्रम संगै जनताको अपेक्षा पूरा गर्न प्रतिवद्व रहेको सुनाए ।
शिशुवा चोकबाट फेदिसम्मको बाटो चक्लाउने काम ८ करोड बजेट अन्तरगत काम सुरुवात गरेकोमा पछिल्लो पटकको २ करोड शहरी बिकास मन्त्रालयले काटेको भन्दै उनले त्यसलाई पूरा गर्ने दायित्व आफुहरुको भएको बताए। गण्डकी प्रदेशलाई एमाले नेतृत्वको सरकारले जग बसालेको बताउदै त्यसलाई समृद्वको बाटो लैजाने गरि अगाडी बढ्ने उनको भनाई थियो ।
केन्द्रबाट प्रदेशमा आइसकेपछि अझै जनताको गुनासोलाई सुनेर सम्बोधन गर्ने अवसर आएको बताउदै त्यसको जिम्मेवारी सुम्पिन मङ्सिर ४ मा सुर्य चिन्हमा मतदान गर्न आग्रह गरे । स्थानीय विश्वनाथ लामिछानेले बर्खामा पानीले समस्या परेको भन्दै सडकको नाला ब्यबस्थापन र सडकलाई फराकिलो बनाउने काममा पहल गरिदिन आग्रह गरे । उनले स्वास्थ्यमन्त्री हुँदा खगराज अधिकारीले शिशुवा अस्पतालको स्तरोन्नति गराएको भन्दै स्वास्थ्य बिमाका सेवाग्राहीलाई सहज सेवा प्रवाह गर्ने प्रवन्ध गरिनुपर्ने भनाई राखे ।
‘एमालेमै भोट हाल्न प्रतिवद्व छौ,५१ देखि निरन्तर एमालेको पक्षमा हामी छौ तपाईंलाई हामी जिताउछौ’, उनले भने । स्थानीय बिकल बास्तोलाले गुनासो सुनेर सम्बोधन गर्न आवश्यक रहेको बताए । निवर्तमान वडाध्यक्ष श्रीराम पोखरेलले वडा भित्र साना ठुला गरि ६० वटा बाटो स्तरोन्नति बनाउन सफल भएको सुनाए । वडामा बार्षिक ९० लाख मात्रै आउने हुँदा बजेट अभावका कारण सबै योजनाहरु सोचे अनुरुप काम हुन नसकेको उनले बताए ।