पोखरा । पोखरा महानगरपालिका २७ तालचोकमा अवस्थित डायमण्ड माविमा विद्यालय स्तरिय वृहत खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । अनुशासन, समृद्धिका लागि खेलकुद भन्ने मुल नाराका साथ गत असोज ३० गते बाट शुरु प्रतियोगितामा विभिन्न खेलको फाइनल तथा पुरस्कार वितरण सम्पन्न भएको छ ।
समापन समारोहका प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं।२९ का वडा अध्यक्ष श्रीप्रसाद गुरुङले अनुशासनका लागि खेलकुद र खेलकुदका लागि अनुशासन अनिवार्य रहेको बताउदैँ खेलले विद्यार्थीलाई अनुशासनमा बाँध्नुका साथै शारीरिक एवम् मानसिक रुपमा सबल बनाउने धारणा राखेका थिए ।
भेट्रान्स समूह र विद्यालय समूह गरि दुई छुट्टा छुट्टै समूहमा खेलाईएको फुटबल खेलमा भेट्रान्स समूहमा व्याज–६९ समूह प्रथम हुन् सफल भएको छ । भेट्रान्स समूहले पूर्व प्याव्लो युनाईटेड समूहलाई २–१ गोल अन्तरले जित हात पार्न सफल भएको छ ।
१४ ओटा समूहको सहभागिता रहेको विद्यालय फुटबल प्रतियोगितामा व्यवस्थापन ं होटल मेनेजमेन्ट ए समूह प्रथम भएको छ भने दोस्रो स्थानमा कक्षा १० ए ले चित्त बुझाएको छ । व्यवस्थापन ं होटल मेनेजमेन्ट ए समूहले कक्षा १० ए समूहलाई २—१ गोलले पराजित गर्दै पाँचौ डायमण्ड रनिङ सिल्डको उपाधि जितन सफल भएको हो ।
छात्रा भलिबलको उपाधि कक्षा १२ समूहले जित्यो भने छात्र तर्फ पूर्व व्यवस्थापन समूह विजेता भएको छ । यो सँगै पूर्व व्यवस्थापन समूह लगातार तिन पटक विजेता बन्दै डायमण्ड रनिङ सिल्ड हात पार्न सफल भएको छ ।
यसैगरि क्रिकेट तर्फ पूर्व विज्ञान समूहले जित हात पार्न सफल हुदाँ कक्षा १२ व्यवस्थापन समूहले दोस्रो स्थानमा चित्त बुझाएको छ ।
प्रतियोगितामा आयोजित टेबल टेनिस छात्र तर्फ अनुप गुरुङ्ग प्रथम भएका छन् भने विपिन कुइँकेल दोस्रो हुन् सफल भएका छन् त्यसैगरि छात्रा तर्फ अनुषा गौतम प्रथम र अंकिता गुरुङ्ग दोस्रो हुन् सफल भएका छन् ।
प्रतियोगितामा फुटबल तर्फ ३ गोल गर्दै पूर्व प्याव्लो युनाईटेड समूहका सुलभ खनालाले सर्बाधिक गोल कर्ताको उपाधि हात पारे भने , व्याज ६९ समूहका संजिव गुरुङ्ग उत्कृष्ट खेलाडी बनेका छन् । विद्यालय समूह फुटबल तर्फ ५ गोल गर्दै व्यवस्थापन ं होटल मेनेजमेन्ट ए समूहका किसन पुन सर्बाधिक गोल कर्ताको उपाधि हात पारे भने , कक्षा १० ए का एरिक पुन उत्कृष्ट खेलाडी बनेका छन् । छात्र भलिबल तर्फ टोनिज गुरुङ्ग उत्कृष्ट खेलाडी र माक्स गुरुङ्ग उत्कृष्ट स्पाईकर भएका छन् भने छात्रा तर्फ अंकिता गुरुङ्ग उत्कृष्ट खेलाडी र अनुशा गौतम उत्कृष्ट स्पाईकरको उपाधि हात पारेकी छन् । क्रिकेट तर्फ सर्वाधिक विकेट लिने खेलाडी र उच्चतम रन लिने खेलाडीको उपाधी पूर्व विज्ञान समूहका संञ्चन श्रेष्ठले हात पार्न सफल भएका छन् ।
प्रतियोगिता संचालन गर्नका लागि खेल अबधि भर रेफ्रिको भुमिका निर्वाह गरेकोमा मनिष क्षेत्री र सुमन गुरुङ्गलाई समेत पुरस्कार वितरण कार्यक्रममा सम्मान गरिएको थियो ।