अधुरा योजना पुरा गर्न मेरो उम्मेदवारी :राजिब पहारी

पोखरा । आगामी मंसिर ४ गते हुन गैरहेको प्रदेश सभा सदस्य निर्वाचनका लागि नेकपा (एमाले) को तर्फबाट कास्की निर्बाचन क्षेत्र न ३(ख) का उम्मेदवार राजिव पहारीले विकास प्रेमी जनताको सपना साकार पार्न आफ्नों उम्मेदवारी भएको बताएका छन् ।

‘अघिल्लो कार्यकालमा पूर्णता दिन नसकेका योजना पुरा गर्न तथा त्यस क्षेत्रका जनतालाई दिएका वाचा पुरा गर्न फेरी पनि मैले यो क्षेत्रमा उम्मेदवारी दिएको हुँ’ –प्रेस चौतारी कास्कीले उम्मेदवारसँग गरेको उम्मेदवारी परिचर्चा कार्यक्रममा उनले भने ।

जनचाहना अनुसार थुप्रै महत्वपूर्ण योजनाहरु अघि ल्याएको भएपनि सरकार फेरबदल भएकाले आफ्ना विकासे योजनाहरु अधुरै रहेको उम्मेदवार पहारीले सुनाए । आफ्नों निर्वाचन क्षेत्र पर्यटन, साँस्कृती, धार्मिक दृष्टिकोणले महत्वपूर्ण क्षेत्र भएको बताउँदै पहारीले यसपटक निर्वाचित भएपछि अधुरा कार्यलाई पूर्णता दिंदै नयाँ विकासे योजना ल्याउने दावी गरे । पहारीले प्रदेश सभा अन्तर्गत विधान सभा समिति र कार्यविभाजन समितिमा रहि सफल कार्य सम्पादन गरिसकेका छन् ।

कमेन्टहरु
Loading...