नवौं राष्ट्रिय खेलकुदः प्रचार प्रसारमा पोखरा महानगरले सघाउने

पोखरा । आसन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई सफल बनाउन सघाउने भएको छ । खेलकुद परिषद गण्डकी प्रदेशले प्रतियोगिताका सम्बन्धमा आयोजना गरेकाअन्तरक्रिया तथा छलफलकार्यक्रममा पोखरा महानगरपालिका प्रमुख धनराजआचार्यले यस्तो बताएका हुन् । उनले पोखरा खेलकुदमय भएको छ भन्ने हिसावले प्रतियोगिताको प्रचार प्रसारका विषयमा सरोकारवाला निकायसँग बसेर दशै लगत्तै यसलाई शुरु गर्ने बताए । उनले भने, ‘पोखरा खेलकुदमय छ भन्ने महशुस गराउनहामीले विज्ञापनका लागि विद्युतिय डिस्प्ले बोर्ड, रोड व्यानर, स्वागत गेट लगायतबाट प्रचारप्रसारका लागि सरोकारवालाहरुसँग छलफल गरेर दशै लगत्तै काम शुरु गर्ने छौं ।’

यस्तै प्रतियोगिताका लागि महानगरपालिकाले यातायात, होटल, सपिङ मल, खानेपानी, शौचालयलगायतको व्यवस्थापनका लागि सरोकारवालाहरुसँग बैठक बसेर छुट तथा सहुलियतका विषयमाआह्वान गर्ने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा गण्डकी प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेज बहादुर गुरुङले ३९ वर्षपछि गण्डकी प्रदेशमा आयोजना हुन लागेको प्रतियोगिताको हालसम्मको तयारीका विषयमा जानकारी गराएका थिए ।
उनले प्रतियोगितालाई मध्यनजर गरि खेल स्थलहरुसम्म पहुँचकालागि सडक मर्मत तथा स्तरोन्नती, पोखरा महानगरपालिकाका विभिन्न नाकाहरुमा स्वागत तथा शहरका विभिन्न यात्रु प्रतिक्षालयलगायतअन्य स्थानहरुमा खेलकुदसँग सम्बन्धित सामाग्रीहरु डिस्प्ले बोर्ड राख्ने व्यवस्था, प्रतियोगिता स्थलहरुमा डस्टविनहरुको व्यवस्था गरी दैनिक रुपमा सरसफाई, मिडिया सेन्टरमा विद्युततथा गुणस्तरीय इन्टरनेटको व्यवस्थागर्ने लगायतका विषयमा सहजीकरण गरिदिन आग्रह गरे ।

कार्यक्रममा पोखराका ३३ वटै वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, गण्डकी खेलकुद परिषदका पदाधीकारी , महानगरका कर्मचारी, पत्रकार लगायतको उपस्थिती रहेको थियो ।
३९ वर्षपछि गण्डकी प्रदेशमा आयोजना हुन लागेको प्रतियोगिता कास्कीसहित स्याङ्जा, पर्वत, गोरखा, नवलपुर, म्याग्दी र बाग्लुङमा खेलस्थल तोकिएको छ ।

नवौँ राष्ट्रिय खेलकुदमा फुटबल, क्रिकेट, टेनिस, एथलेक्टिस, भारत्तोलन, सुटिङ, ब्याडमिन्टन, टेबल टेनिस, बक्सिङ, भलिबल, बुद्धिचाल, खोःखो, कराँते, जिम्न्याष्टिक, पौडी र कबड्डी खेल समावेश गरिएका छन् ।

त्यस्तै हयाण्डबल, जुडो, कुस्ती, कराते, सफ्टटेनिस, स्क्वास, तेक्वान्दो, उसु, बास्केटबल, शारीरिक सुगठन, आइटिएफ तेक्वान्दो, सेपाताक्रो, गल्फ, आर्चरी, साइक्लिङ, फेन्सिङ, ट्रायथलन र प्याराग्लाइडिङ पनि प्रतियोगितामा समेटिएका खेल हुन् । प्रतियोगिता यहीअसोज २८ देखि कात्तिक ३ गतेसम्म सञ्चालन हुँदैछ ।

कमेन्टहरु
Loading...