२०७१ साल मंसिरमा नयाँ पत्रिका दैनिकले पोखराको बृहत्तर विकासको बारेमा गरेको राउण्ड टेवल कार्यक्रममा मैले पोखरा उद्योग वाणिज्य संघको प्रतिनिधित्व गर्दै बोल्ने अवसर पाएको थिएँ । जति बेला म पोखरा उद्योग वाणिज्य संघको तीसौं अधिवेशनबाट कोषाध्यक्षको जिम्मेवारी लिएको लगभग एक महिना भएको थियो । सोही कार्यक्रममा मैले पोखराभन्दा पनि समग्र कास्कीलाई नै समेटेर ग्रेटर पोखराको अवधारणामा काम गर्नुपर्ने धारणा राखेको थिएँ । आधुनिक पोखराको विकास गर्ने हो भने मात्रै सबै ठाउँको समानुपातिक विकास हुन्छ । यसमा म अडिग छु । आधुनिक पोखरा भनेको ग्रेटर पोखराको अवधारणा हो । सबै व्यवसायीको आत्मसम्मान हो ।
यो एक सञ्चार माध्ययमले पोखराको विकासका लागि के गर्न सक्छ भन्ने छलफलको सानो अंश हो । तर, आम पोखरेली र सरोकारवालाले पोखराको बारेमा के–के गर्नु पर्ने छ, सम्भावना के छ र अहिलेको अवस्थामा के गर्नुपर्छ भन्ने कुरा छुट्टै बहसको विषय हो ।
जसले पोखराको नाम सुनेको छ, त्यसको मानसपटलमा पहिला आउने भनेको फेवाताल माछापुच्छ«े र लेकसाइड हो । तर पोखरा त्यतिमा मात्रै सीमित छैन । पोखरादेखि पूर्वको लेखनाथको पनि समानुपातिक विकास गरी गे्रटर पोखराको रुपमा अगाडि बढ्नुपर्छ । समानुपातिक विकास त्यति बेला हुन सम्भव छ—जति बेला सबै स्थानको सम्भाव्यता अध्ययन गरी कुन स्थानमा के राख्ने र केलाई प्राथमिकता दिने भन्ने स्पष्ट हुन्छ ।

पोखरा उद्योग वाणिज्य संघले निकै पहिलादेखि उठाउँदै आएको ग्रेटर पोखराको अवधारणालाई अहिले सरकारले पनि नेतृत्व दिएर तदारुकता देखाएको छ । हामीले निर्माण गर्न लागेको ग्रेटर पोखरा अन्तर्राष्ट्रिय समुन्नत र नेपालकै नमुना स्थल हुनेछ । जसमा विभिन्न १० कुराहरुको आवश्यकता देखेका छौं । पहिला त पोखराको मास्टरप्लान निर्माण गर्नु जरुरी छ, जसको सुरुआत भइसकेको छ । संघीयतासँगै पोखराका अधिकतम् स्थान जोड्ने सय किलोमिटर चक्रपथको काम अगाडि बढेको छ । सबैले गौतम बुद्धको मात्रै कुरा गर्छन् तर उनलाई बुद्ध बन्न त्याग गरेकी उनकी जीवनसाथी यशोधराको नाम बिरलै मात्रै सुन्न पाइन्छ । त्यसका लागि हामीले सिद्धार्थ एशोधरा पार्क बनाउने योजना बनाएका छौं । मैदी तालमा १४ सय रोपनी जग्गामा खुला चिडियाघर, क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पनि ग्रेटर पोखराको सपना हो । हामीले यी कुरालाई व्यवस्थित विकास गर्न सक्यौं भने पोखराले कहिल्यै पछाडि फर्कनु पर्दैन ।
पोखरा उद्योग वाणिज्य संघको नेतृत्वमा भएको पटकपटकको दबाब तथा सम्पूर्ण कस्केली जनताको अग्रसरताले निकै लामो समयसम्म अल्झिएको विमानस्थलको कुरा अब अन्तर्राष्ट्रिय जहाजको पर्खाइमा छ । अव अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भएपछि पोखरा अन्तर्राष्ट्रिय सहरको रुपमा विकास हुने छ । जसका लागि निजी क्षेत्रले पनि यहाँ आउने पर्यटकका लागि निकै लगानी थप्नुपर्ने हुन्छ ।
अहिले पोखरामा पाँच तारे, चार तारे, तीन तारे, दुई तारे, एक तारे, रिसोर्ट र पर्यटक स्तरका लगभग हजार वटा होटल सञ्चालनमा छन् । विमानस्थल निर्माणपछि यी होटल अपुग हुन्छ । अहिले पोखराको पर्यटनमा मात्रै १ खर्बभन्दा बढीको लगानी भएको छ । तर अब यो रकम पाँच खर्बभन्दा बढी पु¥याउनुपर्ने आवश्यकता हुन्छ ।
अहिले पोखरा आउने अधिकतम पर्यटकले पोखरालाई हबको रुपमा उपयोग गरिरहेका छन् । हिमाल चढ्नेदेखि ट्रेकिङ गर्ने किन नहुन् सबै पोखरामा एक दुई दिन भए पनि बस्ने गरेका छन् । नेपाल पर्यटन बोर्डको ताजा तथ्यांक अनुसार नेपाल आउने ४५ प्रतिशत पर्यटक पोखरा आउने गरेका छन् । आन्तरिक पर्यटकको त पोखरा पहिलो रोजाइ हो । अध्यागमन विभागको पछिल्लो तथ्याक अनुसार पोखरा आउने पर्यटकमध्ये १२ प्रतिसतले पोखराको बसाइ लम्ब्याउने गरेका छन् । यसबाट पनि के पुष्टि हुन्छ भने पोखरा नामको मात्रै होइन साँच्चीकै पोखरा हो ।
कुनै समयमा पोखरा विदेशी चलचित्रको पहिलो छायांकनस्थल पनि बनेको थियो । तर विस्तारै त्यो क्रम कम भएको महसुस पनि हुन थालेको छ । सामान्यतया एउटा चलचित्र छायांकन हुन कम्तीमा सय जनाको समूहलाई न्यूनतम ४० दिन लाग्छ । अब पुरै चलचित्र पोखरामै छायांकन हुने हो भने कति पर्यटकको बसाइ लम्बिएला हामीले अनुमान गर्न सकिन्छ । यसतर्फ पनि अब हाम्रो ध्यान जान जरुरी छ ।
पोखारालाई हामीले अब शिक्षाको हबको रुपमा विकास गर्न हाम्रै पहलमा स्थापित पृथ्वी नारायण क्याम्पसलाई विश्व विद्यालय बनाउन पहल गर्नुपर्छ । सबैभन्दा ठूलो त पोखराको प्राकृतिक सौन्दर्य हो, यसको उपयोग हामीले स्वास्थ्यमा पनि गर्नुपर्छ । मानिसको आधा रोग पोखराको मौसम र प्राकृतिक सौन्दर्यले गर्दा सञ्चो हुन्छ । त्यसैले नेपालका सबै बिमारीलाई पोखरा जाऊँ उपचार पनि हुन्छ घुमेर पनि आइन्छ भन्ने भावनाको विकास गराउन सक्नुपर्छ । अर्थात् हेल्थ टुरिजमको रुपमा पोखरालाई विकास गर्नु हाम्रो अर्को प्रयास हुनुपर्छ । सो अभियान घोषणा गर्नुका पाँचवटा मुख्य उद्देश्य थिए । पहिलो, नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा छुट्टै पर्यटन ब्रान्ड पहिचान सहित अनुपम गन्तव्य स्थलको रुपमा स्थापित गर्नु । दोस्रो, स्थापित भइसकेका तथा नयाँ पर्यटकीय स्थलहरुमा पूर्वाधार विस्तार र विकास गर्नु । तेस्रो, पर्यटकीय सेवा प्रदायकहरुको कार्य क्षमता विस्तार गर्नु । चौथो, नयाँ पर्यटकीय क्षेत्रहरुमा पर्यटकको माग पूरा गर्न समुदायको कार्य क्षमता अभिवृद्धि गर्नु । पाँचौं, पर्यटन उद्योगलाई स्थायित्व प्रदान गर्नका निमित्त आन्तरिक पर्यटन प्रवद्र्धन गर्नु । तर अहिले सम्म कुनै काम भएको महसुस हामीलाई छैन । निजी क्षेत्रबाट जे भएको छ त्यही हो । सरकारी काम सुन्य प्राय छ ।
अन्तर्राष्ट्रिय सहरको रुपमा पोखरालाई अघि बढाइरहँदा संघ आर्थिक रुपले सबल हुन सकेन भने हामी व्यवसायीहरु विस्थापित हुने अवस्था आउन सक्छ । तसर्थ संघलाई आर्थिक रुपले सवल बनाउन विभिन्न परियोजनाहरुको सञ्चालनको साथै नियमित आम्दानी वृद्धि गर्न सचिवालयको पुनर्निर्माण एवं अत्याधुनिक बहुतले बहुउद्देश्यीय भवन निर्माण हाम्रो मुख्य लक्ष्य हुनुपर्छ । सो भवनबाट प्राप्त हुने आम्दानीले सचिवालय सञ्चालन र उद्योग÷व्यवसाय प्रवद्र्धनमा विशेष योगदान पुग्ने मेरो विश्वास रहेको छ ।
पोखराको अर्को विषेशता भनेको यहाँ स्थापना भएका साना तथा मझौला उद्योगको बजार व्यवस्थापन हो । पोखरामा सबै हिसाबले ठूला उद्योगभन्दा साना र मझौला उद्योगको सम्भावना छ । कारण यहाँका लागि आवश्यक पर्ने दैनिक उपभोग्य तथा अन्य खालका वस्तु विशिष्ट र आफ्नै पहिचान भएका छन् । जस्तो पोखराका घरमा टाँसिने ढुंगा अन्यत्र सहजै पाउन मुस्किल पर्छ । पोखरा आसपासबाट विदेशिने युवाको संख्यालाई कम गर्न पनि केही न केही साना मझौला तथा घरेलु उद्योग स्थापना गर्नु अत्यावश्यक छ ।
वैदेशिक रोजगार विभागका अनुसार अहिले दैनिक १७ सयको संख्यामा नेपाली कुनै न कुनै वहानामा विदेश पलायन हुने गरेका छन् । पोखरा र पश्चिमाञ्चलवाट मात्रै दैनिक लगभग चार सयको संख्यामा विदेशिने सरकारको तथ्यांक छ । जसको ८० प्रतिशत रोजगारीका लागि १८ प्रतिशत अध्ययनका लागि र एक दुई प्रतिशत घुम्ने बहानामा विदेश पलायन हुने गरेका छन् ।
एक युवालाई विदेश जानयोग्य उमेरसम्मको बनाउँदा सरकार र परिवारको लगभग २० लाखभन्दा बढी खर्च हुन्छ । तर, कमाएर देशमै केही गर्ने बेलामा विदेशिँदा देशको अर्थतन्त्रमा दीर्घकालीन असर पर्छ । अहिले हेर्दा त रेमिट्यान्सका कारण सकारात्मक नै देखिएला तर पनि यो समस्या मन्दविष जस्तै हो । यसको समाधानका लागि हामीले युवा केन्द्रित उद्योग स्थापना गर्नु अति आवश्यक छ । हामीले यसका लागि शिक्षा, स्वास्थ्य, पर्यटन र व्यावसायिक रुपमा कृषिको विकास गर्नुपर्छ ।
युवा पलायनलाई रोक्न र रोजगारी सिर्जना गर्न हामीले व्यावसायिक डाटाबंैक तथा व्यवसाय प्रवद्र्धन केन्द्र स्थापना गर्ने सोच बनाएका छौं । जस अन्तर्गत संघमा दर्ता भएका व्यवसायीहरुको प्रगति तथा समग्र तथ्यांक संकलन गरी संस्थाले रुग्ण उद्योगहरु र नोक्सानमा चलेका व्यवसायहरुका लागि आवश्यक बैंक तथा घरबेटीसँग छलफल गरी सहजता प्रदान गर्ने छ । यस्तै नयाँ व्यवसाय सञ्चालन गरी व्यवसायी वन्न चाहनेहरुका लागि आवश्यक सबैखाले तथ्यांक उपलब्ध गराइने छ । नवप्रवर्तन र महिला उद्यमशीलता विकासलाई केन्द्रमा राख्दै उहाँहरुलाई प्रविधि, पुँजी र बजारीकरणमा सघाउने गरी व्यवसाय प्रवद्र्धन केन्द्र स्थापना गरिने छ । कुन स्थानमा के व्यवसायको सम्भावना छ, कुन व्यवसायको अवस्था कस्तो छ, सबै कुराहरु हामीले प्रविधि मार्फत् उपलब्ध गराउने छौं । जसका लागि आवश्यक विज्ञसहितको टिम तयार गरिने छ ।
शिक्षामा जतिसुकै विकास भए पनि हाम्रो सोचमा भने अझैसम्म विकास हुन सकेको छैन । मानव मर्यादाका हिसाबले महिला र पुरुष समान हुने भए पनि समाजले पालेको पितृ सत्तात्मक सोचबाट भने महिला पूर्ण रुपमा बाहिर निस्कन नपाएपछि कतिपय अवस्थामा विद्रोह पनि भएको हामीले पाउँछौं । समयको गतिसँगै समानतामूलक समाज निर्माणको अभियानमा महिलालाई हिस्सा दिने क्रममा हामी लागेकै छौं ।
अर्को यथार्थ पोखारामा ५५ प्रतिसत भन्दा बढी व्यवसाय महिलाले सञ्चालन गरेका छन् तर पनि दर्ता भने पुरुषका नाममा भएको पाइएको छ । आन्तरिक राजस्व कार्यालयको पछिल्लो तथ्यांक अनुसार ४४ हजार व्यवसायी कास्कीमा छन् । तर, ३१ सयको हाराहारीमा मात्रै पोखरा उद्योग वाणिज्य संघमा दर्ता भएका छन् । अब महिला सदस्य बढाउन र समग्र सदस्य संख्या बढाउन तथा पोखरा उद्योग वाणिज्य संघलाई सम्पूर्ण व्यवसायीको ढुकढुकी बनाउने हाम्रो पहिलो लक्ष्य हुने छ । कसरी व्यवसायीहरको मनोबलमा अभिवृद्धि हुन्छ, कसरी पोखरा उद्योग वाणिज्य संघ प्रति व्यवसायीहरुको आकर्षण बढ्छ त्यो प्रति हाम्रो ध्यान जानुपर्छ ।
पोखरा महानगरपालिकाभित्रै ५ सय १ रोपनी क्षेत्रफलमा औद्योगिक क्षेत्र सञ्चालनमा छ । जसमा ८० वटा विभिन्न उद्योग छन् । पोखरामा वार्षिक पाँच अर्बभन्दा बढी कर पनि संकलन हुने गरेको छ । तीन हजार भन्दा वढीले प्रत्यक्ष रोजगारी पाएका छन् । यस्तै कास्कीका एक व्यवसायीले सरदर पाँच जनालाई प्रत्यक्ष रोजगारी दिएको भन्ने आधारमा बुझ्ने हो भने पनि कास्कीमै दुई लाखभन्दा बढीले रोजगारी पाएका छन् ।
पोखरा उद्योग वाणिज्य संघ संस्थामात्र हैन, यो निजी क्षेत्रको आशा, भरोसाको धरोहर हो, पोखराको विकासको साझेदार हो, अनि उद्योगी÷व्यवसायीहरुका पीर÷मर्कामा काँध थाप्ने बलियो अभिभावक हो । लामो यात्राक्रममा आवश्यकताहरु बदलिएका छन् । तर संघको उद्देश्य र लक्ष्य उही छ । बदलिँदो परिस्थितिमा संघको भूमिका बदलिएको छ, तर उद्योगी÷व्यवसायीहरुको हक, हित रक्षा एवं उहाँहरुका समस्या निराकरण गर्ने, सचिवालयमार्फत् सेवा प्रदान गर्ने दायित्व उही अवस्थामा छ । म मेरो टिमसहित यही कार्यमा आफूलाई समाहित गर्ने बाचा गर्दै १७ बुँदै प्रतिबद्धता पत्र लिएर तपार्इंहरु माझ आएको छु ।
जय उद्योगी, जय व्यवसायी ।
पवन कुमार प्रजापती ,अध्यक्षका प्रत्यासी, पोखरा उद्योग वाणिज्य संघ