याक एण्ड यती कप खेल्न पोखरेली जम्बो टिम काठमाडौंतर्फ

पोखरा । आइतबारदेखि काठमाण्डौमा शुरु हुने दोश्रो याक एण्ड यती कप भेट्रान्स टेनिस प्रतियोगितामा भाग लिन पोखरेली खेलाडीहरु त्यसतर्फ प्रस्थान गरेका छन् । कास्की जिल्ला टेनिस संघले शनिबार विहान पोखरा रंगशालामा एक समारोहका विच खेलाडीहरुलाई विदाई ग¥यो । पोखरा महानगर खेलकुद विकास समितिका अध्यक्ष दिकप गोदारले खेलाडीहरुलाई शुभ–कामना सहित खादा लगाएर विदाई गरेका हुन् ।

एक साता सम्म चल्ने प्रतियोगितामा ३५, ४५, ५५ र ६५ वर्ष माथि एकल तथा डबल्स इभेण्टमा प्रतिस्पर्धा हुने छ । पोखराका २६ जना खेलाडीले विभिन्न इभेण्टमा प्रतिस्पर्धा गर्ने कास्की जिल्ला टेनिस संघका महासचिव नविन श्रेष्ठले जनाए । प्रतियोगितामा हरेक इभेण्टमा प्रथम हुने खेलाडीले आयोजक याक एण्ड यती होटलको तर्फबाट १ लाख २० हजार बराबरको १ वर्षको मेम्बरसिप कार्ड तथा द्वितिय हुने खेलाडीले ६ महिनाको मेम्बरसिप कार्ड पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको गत संस्करणमा कास्कीका चार खेलाडीले द्वितिय स्थान हाँसिल गरेका थिए ।

कमेन्टहरु
Loading...