पोखरा । गण्डकी प्रदेश सभा सदस्य ललितकला गुरुङले प्रदेश सरकारले कोरोनाबाट मृत्यु भएकाको परिवारलाई दिने भनेको राहत रकमको हिसाबकिताब मागेकी छन् । शुक्रबार प्रदेश सभा बैठकको शून्य समयमा बोल्दै कांग्रेस सांसद गुरुङले रकम भुक्तानी लिनेको संख्या जानकारी गराउन माग गरेकी हुन् ।
‘प्रदेश सरकारले कोभिड संक्रमणबाट मृत्यु भएकाको परिवारलाई ५० हजार रुपैयाँ पाइरहेको अवस्था छैन,’ उनले भनिन्, ‘प्रदेशमा हालसम्म कति जनाले पाए ? यसको प्रोसेस के कस्तो हो ? प्रोसेस गर्दा पनि नपाएको आवाज आएको छ । यो रकम कति जनाले पाए बुझ्न पाए हुन्थ्यो ।’
प्रदेश सरकारले गत आर्थिक वर्ष २०७८/०७९ को बजेटमार्फत कोरोनाबाट मृत्यु भएकाको परिवारलाई ५० हजार रुपैयाँ राहत दिने घोषणा गरेको थियो ।