एनबी बैंक एक्विजिसनपछि नबिलको नामबाट सुरु भयो कारोबार

काठमाडौं / नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई एक्वायर गरी सोमबारदेखि आफ्नो नामबाट कारोबार सुरु गरेको छ ।

नबिलले सोमबारदेखि एकीकृत कारोबार सुरु गरिएको जानकारी गराएको छ । यद्यपि दुवै बैंकले आइतबार एक सूचना जारी गर्दै डाटा माइक्रेसनमा ढिलाइ भएका कारण सोमबार पनि सम्पूर्ण बैंकिङ सेवा तथा कारोबार बन्द रहने जानकारी गराएका थिए ।

सरकारी राजस्व र भुक्तानीलाई सुचारु गर्नुपर्ने भएकाले डाटा माइग्रेसनमा ढिलाइ भएको जनाएका थिए ।

कमेन्टहरु
Loading...