तापक्रम बढेपछि सांघाइमा रेड अलर्ट जारी

एजेन्सी / चीनको सांघाइमा अत्यधिक तापक्रम बढेको छ । ४० डिग्री सेल्सियससम्म तापक्रम पुगेपछि सांघाई नगरपालिका मौसम विज्ञान पर्यवेक्षकले प्रान्तका केही क्षेत्रमा रेड अलर्ट जारी गरेको छ ।

सिन्ह्वाका अनुसार सांघाइमा जुलाई ५ देखि लगातार ६ दिनसम्म अत्यधिक उच्च तापक्रम देखिएको छ ।  आइतवार सांघाई सुजियाहुई स्टेशनको तापमान ४० डिग्री सेल्सियस पुगेको थियो ।

सन् १८७३ देखि शहरमा ४० डिग्री सेल्सियसभन्दा माथि जम्मा १५   तातो दिनहरू रिपोर्ट गरिएको छ । सन् २०१७ मा सांघाइकोे तापक्रम ४० दशमलब ९ डिग्री सेल्सियस पुगेको थियो ।

कमेन्टहरु
Loading...