जापानका पूर्व प्रधानमन्त्री अवेको निधन

टोकियो / जापनका पूर्व प्रधानमन्त्री सिन्जो अवेको निधन भएको छ ।

शुक्रबार विहान नारामा एउटा सभालाई सम्बोधन गर्ने क्रममा उनीमाथि गोली प्रहार भएको थियो ।

गोलीलागि गम्भिर घाइते भएका उनको नारा मेडिकल युनिभर्सिटीमा उपचार भइरहेको थियाे।

स्थानीय समयअनुसार ५ बजेर ३ मिनेट जाँदा उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

अत्याधिक रगत बहेका कारण उनको निधन भएको अस्पतालले जनाएको छ ।

कमेन्टहरु
Loading...