लमजुङ / लगातारको वर्षाका कारण डुम्रे–बेँसीसहर सडकखण्डअन्तर्गत उदिपुर सडकखण्ड अवरुद्ध भएको छ । शनिबार साझदेखी लगातारको वर्षाका कारण उक्त सडकखण्ड शनिबार रातीदेखि अवरुद्ध भएको हो ।
बेँसीसहर नगरपालिका–१ उदिपुरको देउरालीडाँडामा गएको पहिरोका कारण सडक अवरुद्ध भएको हो । गतबर्ष पनि उक्त ठाउमा पहिरो गएकाे थियो । लमजुङका प्रहरी प्रमुख डिएसपी कृष्ण बहादुर कार्कीका अनुसार बेँसीसहरबाट गएका सवारीसाधन बेँसीसहरतर्फ र डुम्रेबाट आएका डुम्रेतर्फ नै रोकिएका छन्।
नयाँ ट्रयाक खोलेर बैकल्पिक बाटो खोजि गरी आइतबार साँझसम्म अवरुद्ध सडक खुलाइने डुम्रे–बेँसीसहर–चामे सडक योजनाका प्रमुख डिभिजन इन्जिनियर अच्युत बिलास पन्तले बताए ।
उनले भने सडकको १ सय मिटर माथी बाट पहिरो खसेको छ तत्काल सडक खुलाउन सकिँदैन यसका लागि बैकल्पिक बाटो खोज्नुपर्छ ।
– न्युज कारखाना