नवराजलाई भोट माग्न हिसिला भदौरेतिर

पोखरा/जसपाका युवा नेता तथा अन्नपुर्ण गाउँपालिकाका प्रमुखका प्रत्यासी नवराज पौडेलको चुनावी प्रचारका लागि जनता समाजबादीकी नेतृ तथा पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई पत्नि हिसिला यमी निर्वाचन प्रचारप्रचारका लागि कास्कीको पर्यटकी गाउँ भदौरै पुगेकी छिन् । कास्कीमा गठबन्धनमा खटपट भएपछि जनता समाजबादी पार्टीले अन्नुपुर्ण गाउँपालिकामा २५ बर्षीय युवा नबराज पौडेललाई उम्मेदवारको रुपमा अगाडी सारेको छ । गाउँमा कृषी उद्यम गर्दै आएका नवराज पृथ्वीनारायण क्याम्पसमा स्नाकोत्तरको बिद्यार्थी पनि हो । पञ्चासे बिकास समिती ,घरबार व्यवस्थापन समिति लगायतका बिभिन्न सामाजिक क्षेत्रमा आवद्ध पौडेलको पक्षमा क्याम्पेन गर्नका लागि हिसिला यमी भदौरे पुगेकी हुन् । उनले भदौरे पुगेर स्थानियहरुसँग पौडेललाई मतदान गर्न आग्रह गरिरहेकी छन् । जसपाको तर्फबाट उठेका पौडेल जसपा कास्कीका अन्य उम्मेबार भन्दा प्रभावशाली भएकाले हिसिला यमी चुनाब प्रचारमा लागेकी हुन् । उनीसँगै समाजबादी बिद्यार्थी युनियनका केन्द्रीय उपाध्यक्षनेत्र चापागाई र जसपा जिल्ला अध्यक्ष गिरिप्रसाद गुरुङ लगायतको टोली सहभागी थियो ।


उक्त गाउँपालिकामा प्रमुखका लागि नेपाली काँग्रेसका तर्फबाट युवराज कुँवर र नेकपा (एमाले)को तर्फवाट बिष्णु केसिले उम्मेदवारी दिएका छन् । कास्की जिल्लाका सबै जसो गाउँपालिकामा गठबन्धन कायम हुन नसक्दा दलहरुले छुट्टाछुट्टै उम्मेदवारी दिएका छन् । जनता समाजबादीले पोखरा महानगरपालिकाका केहि वडाहरु माछापुच्छ्रे गाउँपालिका र अन्नपुर्ण गाउँपालिकामा उम्मेदवार खडा गरेको छ । अन्नपुर्ण गाउँपालिकामा जसपाको संगठन हारजितका लागि निर्णायक भएको दावी जसपाले गर्दै आएको छ । पार्टीका साथीहरु मनोवल बनाउनका लागि हिसिला यमी अन्नपुर्ण गाउँपालिकामा चुनावप्रचारप्रसारमा हिडेकी हुन् ।

कमेन्टहरु
Loading...