गोरखा । भागबण्डामा कुरा नमिलेपछि गोरखा जिल्लाको गठबन्धनबाट जसपा बाहिरिएसंगै माओवादी र काँग्रेस बीचमा गठबन्धन हुने भएको छ । गठबन्धनबाट जसपा बाहिरिएसंगै गण्डकी प्रदेश सरकारबाट पनि बाहिरिने सुइको पाएपछि गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशका उर्जामन्त्री हरिशरण आचार्यलाई सम्पर्क गरेर फकाउने प्रयास गरेका थिए । फोनमा आचार्यले मुख्यमन्त्री गुरुङलाई गठबन्धनको बिकल्पमा नयाँ गठबन्धन बन्ने र गण्डकी प्रदेश सरकार सङ्कटमा पर्ने बताएका थिए ।
गोर्खाको गठबन्धनबारे आचार्यले गठबन्धन बैठक स्थगित गरेर काँग्रेस र माओवादीले गठबन्धन मर्म बिपरित सहमति गरेको आरोप लगाए । ‘काँग्रेस र माओबादी गठबन्धनप्रति इमान्दार नबन्ने हो भने हामीले मात्र इमान्दारीता प्रस्तुत गर्नुपर्छ भन्ने छैन् । माओवादी र काँग्रेसको बिरुद्ध नयाँ गठबन्धन पनि हुन सक्छ । यसले गोरखा जिल्लाको गठबन्धनमा मात्र होइन प्रदेश सरकारमा पनि सङ्कट आउन सक्छ । सरकार अर्को बन्छ कि बन्दैन पछि कुरा गरौँला तर हाम्रो समर्थन फिर्ताले सरकार स्वत कामचलाउ हुन्छ ।
‘
गण्डकी प्रदेशको सरकार नै धरापमा पर्ने भएपछि शेरबहादुर देउवा,प्रचण्ड र बाबुरामबीच बार्ता चलिरहेको छ । तीन शिर्ष नेताहरू बीचको छलफल सकारात्मक नबने गण्डकी प्रदेशमा कृष्ण चन्द्र पोखरेल नेपालीको सरकार कामचलाउ बन्न सक्छ । जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएसंगै अर्को सरकार बन्ने संभावना नभएपनि सरकार काम चलाउ बनेर निर्वाचनको घोषणा गर्नुपर्ने परिस्थिति निर्माण हुन सक्छ ।
