पोखरा । लमजुङ जिल्लाको सोतीपसलमा अवस्थित मंगला माविका भुपू विद्यार्थीहरुले नयाँ वर्षको अवसरमा शुभकामना आदानप्रदानका साथै आपसी भाइचार प्रगाढ बनाउन पोखरामा विभिन्न मैत्रीपूर्ण खेलकुद प्रतियोगिता आयोजना गरेको छ । नयाँ वर्षका अवसरमा शुभकामना आदानप्रदान र मैत्रीपूर्ण खेलमार्फत आपसी भाइचारामा सद्भाव बढाउन भलिबल र ब्याडमिन्टन प्रतियोगिता आयोजना गरिएको मंगला मावि भुपू विद्यार्थी पोखरा क्लस्टरका संयोजक लालबहादुर बस्नेतले जानकारी दिए ।
भलिबलतर्फ लालबहादुर बस्नेत नेतृत्वको टिम प्रथम र पदमबहादुर गुरुङ नेतृत्वको टिम दोश्रो भएको थियो । त्यस्तै ब्याडमिन्टनतर्फ बिरेन्द्रकुमार श्रेष्ठ र रुद्र न्यौपानेको टिम प्रथम भएको थियोभने पयंवती पौडेल र दिलमाया राईको टिम दोश्रो भएको थियो ।
मंगला माविमा पढेका पूर्व विद्यार्थीलाई एकतृत गर्दै विद्यालयको शिक्षाको क्षेत्रमा समेत कार्य गर्ने योजना रहेको संयोजक लालबहादुर बस्नेतले बताए । ‘अहिले हामी पूर्व विद्यार्थी संगठीत हुँदैछौ, छिट्टै विभिन्न कार्यहरुलाई प्राथमिकतामा राख्नेछौं ।’ –बस्नेतले भने ।