पोखरा । नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ पोखरा महानगरपालिकाको प्रथम अधिवेशनले हरि भुजेलको अध्यक्षतामा २९ सदस्यीय सर्वसम्मत कमिटी चयन गरेको छ । अधिवेशनबाट उपाध्यक्षमा कल्पना भुवाजी क्षेत्री र नरहरि अधिकारी, सचिवमा हेमराज भण्डारी, कोषाध्यक्षमा सीमा कोइराला, उपसचिवमा तुलबहादुर थापा, रामजी तिवारी र टिकाराम सापकोटा, सहकोषाध्यक्षमा इन्द्रमान चौहान चयन भए । सदस्यहरुमा राधा सापकोटा, भेषराज पोखरेल, संग्रीला मरासिनी, निपेश अधिकारी, विश्वराज पोखरेल, गोविन्द बराल, राजु पौडेल, सम्राट पौडेल, अशोक खड्का, रामचन्द्र लामिछाने, बालकृष्ण भण्डारी, टिकाराम अधिकारी, कल्पना आचार्य, श्रीराम बराल, रोशी गौतम, सागरमणि न्यौपाने, निलकण्ठ पोखरेल, चन्दन पुरी, माधवप्रसाद तिवारी र सुस्मा अधिकारी चयन भएका हुन् ।