बाघचाल प्रतियोगितामा आशबहादुर विजयी

लमजुङ / लमजुङमा आयोजित बाघचालको दोस्रो खुला प्रतियोगितामा आशबहादुर विक पहिलो भएका छन् । ठाडोभाका लोककला प्रतिष्ठान नेपाल लमजुङको छैंटौ स्थापना दिवसको अवसरमा उक्त प्रतियोगिताको आयोजना गरेको हो ।

ठाडोभाकाका सर्जक देउबहादुर दुराको जन्मथलो मध्यनेपाल नगरपालिका १० को हाँडीखोला, बर्धनगाउँमा सञ्चालन गरिएको उक्त प्रतियोगिताको पहिलो उपाधि लमजुङकै पूर्वीक्षेत्रमा रहेको राइनास नगरपालिका १० प्यारजुङका आशबहादुर विकले जितेका हुन् ।

गत वर्षकाे पहिलो खुला प्रतियोगितामा उनी तेस्रा भएका थिए । मध्यनेपाल नगरपालिका्-१० का रामबहादुर दुरा दोस्रो र सोहीगाउँका लेप्टेन पूर्णबहादुर दुरा तस्रो भएका छन् ।मध्यनेपाल-१० वर्धनगाउँका भीमबहादुर दुरा सान्त्वना भएका छन् ।

प्रतियोगितामा ४९ जनाले भाग लिएको आयोजक संस्थाका अध्यक्ष नवराज पहाडीले बताए । उनका अनुसार प्रतियोगितामा पहिलो हुनेलाई सात हजार, दोस्रो हुनेलाई पाँच हजार, तेस्रो हुनेलाई तीन हजार रुपैयाँ र सान्त्वनालाई दुई हजार प्रदान गरिएको छ ।

कमेन्टहरु
Loading...