फेरि बढ्यो पेट्रोलको मूल्य, अब प्रति लिटर १ सय ४५

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य वृद्धि गरेको छ ।

निगमले शनिवार राती १२ बजेदेखी लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर ३ रुपैयां वृद्धि गरेको हो ।

नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य १ सय ४५ कायम गरिएको छ भने डिजेल र मट्टितेलको मूल्य १२८ रुपैयाँ कायम गरिएको छ ।

कमेन्टहरु
Loading...