रूसमा दैनिक दुई लाख बढी सङ्क्रमित

रुसमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या दुई लाखभन्दा बढी पुगेको छ ।

सरकारी अधिकारीहरुले शुक्रबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा दुई लाख तीन हजार ९४९ जना सङ्क्रमित भएका हुन् ।

“एकै दिनमा यती धेरै सङ्क्रमित भएको यो पहिलो पटक हो,” स्वास्थ्य मन्त्रालयद्वारा जारी वक्तव्यमा लेखिएको छ ।

यससँगै रुसमा कोरोनाभाइरसबाट अहिलेसम्म सङ्क्रमित भएकाहरुको कुल सङ्ख्या एक करोड ३७ लाख ३१ हजार ७९४ पुगेको छ ।

त्यसैगरी कोरोनाभाइरसका कारण अहिलेसम्म देशभरी तीन लाख ३८ हजार ८१३ जनाको मृत्यु भएको छ । ती मध्ये ७२२ जनाको पछिल्लो एक दिनमा मृत्यु भएको हो ।

सरकारी अधिकारीका अनुसार कोरोनाभाइरसबाट सङ्क्रमित भएर पनि अहिलेसम्म सङ्क्रमणमुक्त भइसकेकाहरुको सङ्ख्या एक करोड १० लाख २१ हजार ६३३ रहेको छ ।

ती मध्ये एक लाख १२ हजार २३६ जना पछिल्लो एक दिनमा सङ्क्रमणमुक्त भएका हुन् ।

एउटै अवधिमा नयाँ सङ्क्रमित भएकाहरु भन्दा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या झण्डै आधा कम रहेकोले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या दिन प्रति दिन बढीरहेको छ ।

कमेन्टहरु
Loading...