जसको निती उसैको नेतृत्व भए समृद्धि हासिल गर्न समय लाग्दैनः मन्त्री बराल

 

 

गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले जसको निती उसैको नेतृत्व भएमा समृद्धि हासिल गर्न समय नलाग्ने बताएका छन् । पर्वतको जलजला गाउँपालिका ९ स्थित बनौ देविथानमा निर्माण हुन लागेको बौद्ध बिहारको विहिबार एक समारोहका बिच शिलन्यास गर्दै मन्त्री बरालले जसको निती उसैको नेतृत्व भएमा मात्र समृद्धि हासिल गर्न समय नलाग्ने दाबी गरे ।

निती ल्याउने पार्टीको नेतृत्व नहँुदा समृद्धि हासिल गर्न कठिन भएको मन्त्री बरालको भनाई थियो । उनले भने “परिवर्तनको अगुवाई माओबादी पार्टीले नै गरेको हो तर कसैकसैलाई यो तितो सत्य पच्दैन, यो कुरा साँचो हो, अब सवै तहमा समृद्धिको नेतृत्व पनि माओबादी पार्टीले नै लिनुपर्ने हुन्छ ।” निती एउटाको नेतृत्व अर्कोको भएको कारण तालमेल मिल्न नसकेको उनले बताए ।

समृद्धिको नेतृत्व वडा, पालिका तथा प्रदेश र संघ सवै तहमा बास्तमा निती अनुसार नेतृत्व गर्नुपर्ने त्यसो हुदाँ गरिबी अन्त्य गरी देशमा समृद्धि हुने मन्त्री बरालले दाबी गरे । पछिल्लो समयमा पुर्वाधारको क्षेत्रमा देश अघि बढेसंगै अब उत्पादनमा समेत जोड दिनुपर्ने मन्त्री बरालले बताए । मगर बस्ती भएको उक्त क्षेत्रमा उत्पादन सहित पर्यटन प्रबद्र्धन गर्न होमस्टे समेत संचालन गर्न मन्त्री बरालले सुझाव दिए । आलुसंगै अन्य उत्पादन गर्न उहाँले आग्रह गरे । राज्यले सवै धर्मलाई समान रुपले हेर्ने बताउदै मन्त्री बरालले उक्त बिहार निर्माणमा थप रकम व्यबस्थापन गर्न पुनः पहल गर्ने समेत बताए ।

बौद्ध बिहार निर्माणमा गण्डकी प्रदेश सरकारबाट ५ लाख, कोरीया समुहबाट ५७ हजार, डब बहादुर गर्बुजाबाट ५० हजार, स्थानिय पूर्ण बहादुर पाइजाबाट ३५ हजार, प्रेम बहादुर पुर्जाबाट ३० हजार भुवनसिंह पुनबाट २५ हजार लगायतबाट सहयोग प्राप्त भएको वडा अध्यक्ष गौ बहादुर पुनले जानाकारी दिए । बौद्ध बिहादर निर्माण समितिको आयोजनामा करिब एक करोडको लागतमा उक्त बिहार निर्माण हुने भएको हो ।

 

कमेन्टहरु
Loading...