नडालले अस्ट्रेलियन ओपनको फाइनलमा दुई सेटबाट पछाडि परेको अवस्थामा रूसका डेनियल मेदवेदेवलाई पराजित गरेका हुन् ।
छैठौं वरीयताका नडालले मेदवेदेव माथि २-६ ६-७ (५-७) ६-४ ७-५ को जीत दर्ता गरे ।
यसअघि यूएस ओपन च्याम्पियन मेदवेदेव लगातार दोस्रो ठूलो उपाधिकालागि उत्रिएका थिए ।
तर दुई सेट जितेपछि नडालले कुनै पनि मौका गुमाएनन् र फाइनल प्रतिस्पर्धामा जितेर उपाधि आफ्नो नाममा गरे ।