पोखरा । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघको सचिवमा कास्कीकी शकुन्तलादेवी शर्मा निर्वाचित भएकी छिन्। । चितवनको सौराहामा सम्पन्न महासंघको छैटौं अधिवेशनबाट शर्मा सचिवमा विजयी भएकी हुन्। पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघको कार्यसमितिको पदाधिकारीमा महिला निर्वाचित भएको यो पहिलो पटक हो । पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघको इतिहासमा कास्की की शर्माले पहिलो महिला पदाधिकारीको रुपमा आफ्नो नाम लेख्न सफल भएकी छन्। कास्कीको पोखरा ३१ कि बासिन्दा शर्माको पोखरा १० रामघाटमा सल्लरबोट पुस्तक एण्ड स्टेसनरी सप्लायर्स व्यवसाय रहेको छ ।
यस्तै, नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघको अध्यक्षमा कैलालीका सञ्जयकुमार चौधरी निर्वाचित भएका छन् भने वरिष्ठ उपाध्यक्षमा रुपन्देहीका दिवाकर घिमिरे , उपाध्यक्षमा चितवनका किरणकुमार खनाल, काठमाडौंका पुष्पराज पौडेल र सुनसरीका सञ्जीव सत्याल निर्वाचित भएका छन् ।यसैगरी ,महासचिवमा शिवसागर शर्मा, उपमहासचिवमा रुपन्देहीका यमलाल लोहनी, सचिवमा काठमाण्डौका विष्णुप्रसाद पौडेल, बाँकेका बुद्धिप्रसाद अधिकारी र कास्कीकी शर्मा निर्वाचित भएका छन् ।
यस्तै, कोषाध्यक्षमा काठमाण्डौका गोविन्द महर्जन, सहकोषाध्यक्षमा मकवानपुरका किरणबाबु न्यौपाने , लेखा समिति संयोजकमा सिन्धुलीका वाशुप्रसाद भेटुवाल, लेखासमिति सदस्यमा चितवनका बुद्धिसागर कँडेल र मकवानपुरका वाशु न्यौपाने निर्वाचित भएका छन् ।
त्यसैगरी पदेन केन्द्रीय सदस्यहरूमा रञ्जन चापागाई प्रदेश १, धिरज श्रेष्ठ प्रदेश २, नारायणकुमार श्रेष्ठ वागमती, लिलाराम गौतम गण्डकी, भैरव रावल लुम्बिनी, कमल नेपाल कर्णाली र मेखराज दाहाल सुदूरपश्चिम चयन भएका छन् । भूगोल सदस्य अन्तर्गत उमेश अधिकारी , उमेशकुमार अग्रवाल प्रदेश २, रमेश ढुंगेल वाग्मती, द्रोणप्रसाद भुसाल लुम्बिनी, जगत प्रसाद शर्मा कर्णाली र वासुदेव गौतम सुदूरपश्चिम चयन भएका छन् ।
खुला केन्द्रीय सदस्यतर्फ राजेन्द्र तिवारी चितवन, गणपति पाण्डे रुपन्देही, विजयकृष्ण महर्जन ललितपुर, ताराराम श्रेष्ठ तनहुँ, रविन बराल झापा, रवीन्द्र बराल सुनसरी र शम्भु लामिछाने कैलाली निर्वाचित भएका छन् । त्यस्तै खुला केन्द्रीय सदस्य स्टेसनरी तर्फ सरोज मास्के चितवन, कृष्णराम कार्की काभ्रे, होमनाथ पाण्डे रुपन्देही, गोविन्द गौतम र मोहनप्रसाद सापकोटा कास्की चयन भएका छन् । एसोसिएट केन्द्रीय सदस्य स्टेसनरीतर्फ अर्जुनकुमार आचार्य काठमाडौं र पुस्तकतर्फ महेश शर्मा चयन भएका छन् ।
महासंघको निर्वाचित समितिको कार्यकाल दुई वर्षको हुनेछ ।