धादिङ/ धादिङ रुबी भ्यालीमा बाटो बनाउने क्रममा बिहीबार गएको पहिरोमा परि डोजरसहित तीनजना पुरिएका थिए । पहिरो पन्छाउने र बेपत्ताको खोजि जारि छ ।
जिल्ला प्रहरी कार्यालय धादिङका एसपी राकेश सिंहले पहिरो पन्छाउँदै जाँदा डोजरको केही भाग देखिएको जानकारी दिए । ‘‘डोजरको केही भाग देखियो । बेपत्ता तीनजनाको अवस्था अज्ञात छ । खोजीकार्य जारी छ,” उनले भने ।
पहिरोमा बा २ क ४८२१ नम्बरको डोजरसहित डोजर चालक आकाश तामाङ, सहचालक राजु तामाङ र स्थानीय निर्माण व्यवसायी अनिश तामाङ पुरिएका थिए ।
पहिरोमा बेपत्ता तीनजनाको खोजीमा सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना र स्थानीय प्रहरी टोली खटाइएको छ ।