काठमाडौँ/ दर्ता ठेगाना काठमाडौं रहेका एचबी ट्रेड एण्ड सप्लायर्स र गणपति ट्रेड लिंक्सले राजस्व छलेको आशंकामा अनुसन्धान थालिएको छ । राजस्व अनुसन्धान विभागले घर ठेगाना र टेलिफोनबाट हाजिर हुन निर्देशन दिएपनि अग्रवालद्वय हाजिर नभएको विभागले जानकारी दिएको छ ।
अबको सात दिनभित्र पनि विभागमा नआए उजुरबाजुर नलाग्ने र राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण ऐन), २०५२ अनुसार मुद्दा अघि बढाउने तयारी विभागको छ ।
एचबी ट्रेडका सञ्चालक विमल अग्रवाल र गणपतिका दीपेन्द्रकुमार अग्रवाल हुन् । राजस्व छलेको आशंकामा विभागले यी दुई फर्मको कारोबारबारे अनुसन्धान गरिरहेको हो । यी फर्मले सरकारी ठेक्का लिएर समेत काम गर्ने गरेका छन् ।