कोरोना संक्रमित बढ्दै, एकैदिन झण्डै एक हजार संक्रमित

नेपालमा एकैदिन ९६८ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार ९६८ जना संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा १४ हजार ९७१ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् । ८ हजार २७२जनाको पिसिआर परीक्षण र ६ हजार ६९९ जनाको एन्टिजेन परीक्षण गरिएको थियो । २६२ जना निको समेत भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य छ । अहिले सक्रिय संक्रमितको संख्या ५ हजार ७४१ पुगेको छ।

कमेन्टहरु
Loading...