भारत सरकारले महिलाका लागि विवाह गर्ने न्यूनतम उमेर हद १८ वर्षबाट बढाएर २१ वर्ष पुर्याएको छ । यस अघि विवाहका लागि पुरुषको उमेर २१ वर्ष र महिलाको उमेर १८ वर्ष रहेकोमा अब महिला र पुरुष दुबैको न्यूनतम उमेर २१ वर्ष तोक्ने निर्णय भएको जनाएको छ ।
मन्त्रिपरिषद्ले गरेको निर्णयअनुसार कानुनमा संशोधनपछि नियम लागू हुनेछ । यस अघि सन् १९९५ मा बनाइएको कानुनले विवाहको लागि महिलाको न्यूनतम उमेर १८ वर्ष तोकेको थियो । सरकारले बनाएको एउटा समितिले महिलाको विवाहको उमेर हद पुरुषसरह बनाउन सिफारिस गरेको थियो । समितिका अध्यक्ष जया जेटलीले प्रत्येक क्षेत्रमा लैंगिक समानता र सशक्तीकरणको कुरा भइरहेका बेला विवाहको उमेरमा पनि समानता आवश्यक रहेको बताए ।
विवाहका लागि १८ वर्षमै कानुनी मान्यता दिँदा महिलाले अध्ययन पूरा गर्न नपाउने, छिटै गर्भधारण गर्नुपर्ने लगायतका समस्या देखिएकोले २१ बर्ष उपयुक्त हुने उन ले बताए। एउटा अध्ययन अनुसार अहिले २३ प्रतिशत भन्दा धेरै महिलाको विवाह १८ वर्षभित्रै भैरहेको छ । सरकारको निर्णयको मुस्लिम समुदायले भने विरोध गरेका छन् । इण्डियन युनियन मुस्लिम लिगले सरकारको निर्णयको विरोध गर्दै यो नियम मुस्लिम समुदायमाथिको अतिक्रमण भएको आरोप लगाएको जनाएको छ ।