विवेकशिलबाट राजिनामा दिएका केन्द्रिय सदस्यसहितका युवाहरुले भेटे जसपाका भट्टराईलाई

गन्थन संवाददाता, पोखरा । पार्टीका कार्यप्रति असन्तुष्टि जनाउँदै महत्वपूर्ण पदमा रहेका युवाहरुले विवेकशिल साझा पार्टीबाट राजिनामा दिएर जनता समाजवादीका संघिय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलाई भेटघाट गरेका छन् । १२ युवाको प्रतिनिधित्व गर्दै ४ युवाले डा. भट्टराईलाई भेटघाट गरेका हुन् ।

विवेकशिल साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रको मार्ग परिवर्तन भएको भन्दै पार्टीका केन्द्रिय सदस्य, युवा संगठनका केन्द्रिय सदस्य, गण्डकी प्रदेश सदस्य सहितका ती १२ युवाहरुले मिश्रको कार्यप्रति असन्तुष्ट जनाउँदै पार्टीबाट राजिनामा दिएका थिए ।

भेटघाट राजनीतिक समसामायिक विषयका लागि गरिएको असोक खड्काले बताए । खड्का विवेकशिलबाट राजिनामा दिएर वैकल्पिक युवा संगठन निर्माण गरि महासचिवको भुमिकामा छन् । विवेकशिलका मिश्रको मार्ग परिवर्तन भएकाले राजिनामा दिनुपरेको खड्काको भनाई छ । उनले भने, ‘मिश्र जी को दस्तावेजले पार्टी समाज र देशलाई गलत दिशामा लैजाने निश्कर्षमा पुगेपछि साथ दिन नसकिएको कारण वैचारिक रुपमा विमति राख्दै विद्रोह स्वरुप पार्टी बाट राजीनामा दिएका थियौं ।’

उनले थपे, ‘हामीले पार्टी राजनीतिक एजेण्डा भन्दा बाहिर जाँदै गरेको अवस्थामा आन्तरिक संघर्ष ग¥यौ, अनेक प्रयास ग¥यौं तर मिश्रको एकलौटी ढंगको निर्णयहरुले हामी सफल हुन सकेनौं । हामी अग्रगामी सोँच भएका युवा हौं त्यसैले अग्रगामी मोर्चा भएका कुनैपनि पार्टीसँग सहकार्य गर्न तयार छौं ।’

रविन्द्र मिश्र प्रति असन्तुष्ट भएपछि पार्टी छाड्नुपर्ने एउटै विकल्प रहेको उनको भनाई थियो । ‘पार्टीमा असन्तुष्ट रहेका ठुलो टिम छ हामीसँग, अव कसरी अगाडी बढ्ने भन्ने विषयमा छलफल गरिरहेका छौं ।’

कमेन्टहरु
Loading...