प्रभु बैंकले १८ पुसमा बोलायो साधारणसभा

काठमाडौं । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न १८ पुसमा २० औँ वार्षिक साधारणसभा बोलाएको छ । सभा बैंकको केन्द्रीय कार्यालय बबरमहल, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । सभा भौेतिक तथा भर्चुअल दुबै माध्यमबाट आयोजना हुनेछ ।

सभामा बैंकको हाल कायम चुक्ता पुँजीको १२ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ शून्य दशमलव ६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस हुनेछ । त्यस्तै, अन्य बैंकसँग मर्ज वा एक्विजिशनसम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरू पारित हुनेछ ।

सभा प्रयोजनका लागि बैंकले ४ पुसमा बुकक्लोज गर्ने भएको छ । यसर्थ, अनुसार १ पुससम्म नेप्सेमा कारोबार गरी कायम भएका सेयरधीले लाभांश पाउन तथा सभामा सहभागिता जनाउन सक्नेछन् ।

कमेन्टहरु
Loading...