बेलायतमा समुदायस्तरमा फैलियो ओमिक्रोन

 

लन्डन । बेलायतमा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन समुदायस्तरमा फैलिएको छ । यहाँ एकै दिन ओमिक्रोनका सयौं बिरामी भेटिन थालेका छन् । संसदलाई सम्बोधन गर्दै स्वास्थ्यमन्त्री सजिद जाभिदले नयाँ भेरियन्ट समुदायस्तरमा फैलिएको बताएका छन् । पछिल्लो तथ्या‌कअनुसार बेलायतमा २६१, स्कटल्यान्डमा ७१ र वेल्समा चार जनामा ओमिक्रोन देखिएको छ ।

पछिल्ला संक्रमण दरको अन्तर्रााष्ट्रय यात्रासँग कुनै सम्बन्ध नरहेको उनले बताएका छन् । ‘अब ओमिक्रोन बेलायतका विभिन्न क्षेत्रमा समुदाय तहमा फैलिसकेको छ, उनले भने । बेलायतले दक्षिण अफ्रिकाका विभन्न देशमाथि यात्रा प्रतिबन्ध लगाएको छ । तर, ओमिक्रोनका बिरामीमा सामान्य लक्षण देखिएको समाचारमा जनाइएको छ ।

नयाँ भेरियन्टको असर र अहिले प्रचलित खोपले भेरियन्टविरुद्ध काम गर्ने नगर्ने वारेमा वैज्ञानिकहरुले अनुसन्धान गरिरहेका छन् । नयाँ भेरियन्ट नेपाललगायत ४३ देशमा फैलिसकेको छ । भेरियन्ट फैलिएसँगै विभिन्न देशहरुले प्रतिबन्धात्मक व्यवस्था लागू गरेका छन् ।

एजेन्सी

कमेन्टहरु
Loading...