मस्को । रुसको एउटा कोइला खानीमा बिहीबार आगलागी हुँदा ११ जनाको मृत्यु भएको छ । अरू ४० भन्दा बढी घाइते भएका छन् । यस्तै, दर्जनौँ मानिसहरू फसिरहेको अधिकारीहरूले बताएका छन् । दक्षिण पश्चिम सर्बियाको एक कोइला खानीमा आगलागी भएको हो ।
यो घटना हुने बेला २८५ जना खानीमा रहेका थिए । त्यसमध्ये २३९ जनाको उद्धार गरिएको र ४६ जना अझै फसिरहेका स्थानीय अधिकारीले बताएका छन् । ४३ जनालाई अस्पताल भर्ना गरिएको र त्यसमध्ये तीन जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।
खानीमा बाँकी रहेकालाई उद्धार गर्ने प्रयास जारी रहेको र धुवाँको ठुलो मुस्लोले गर्दा कठिनाइ उत्पन्न भएको बताइएको छ ।