पीसीएल नर्सिङको भर्ना यही साता खुल्दै

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले पीसीएल नर्सिङको भर्ना यही बुधबारभित्र खुलाउने भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा आइतबार बसेको बैठकले सीटीईभीटीको पीसीएल नर्सिङ अध्ययनको भर्ना प्रक्रिया बुधबारसम्म गर्ने निर्णय गरेको हो ।

निर्णयअनुसार चिकित्सा शिक्षा आयोगको ऐनमा भएको व्यवस्था अनुसार १०० शय्याका आफ्नै अस्पताल भएका नर्सिङ कलेजहरूले भर्ना लिन पाउनेछन् । आयोगकाअनुसार पीसएिल नर्सिङ अध्यापनका लागि मापदण्ड पूरा भएका अहिले २४ वटा कलेज रहेका छन् । तीमध्ये १७ वटा निजी र ७ वटा सीटीईभीटीका आंगिक क्याम्पस रहेका छन् ।

कमेन्टहरु
Loading...