खोप लगाएका विदेशी नागरिक डिसेम्बरदेखि अष्ट्रेलिया जान पाउने

अष्ट्रेलियाले आफ्नो अन्तर्राष्ट्रिय सीमाना पुन: खुला गरेको छ । अन्तर्राष्ट्रिय यात्रालाई थप सहज पार्दै अर्थतन्त्रलाई चलायमान बनाउने कदमस्वरुप भिसा लिएका र खोप लगाएका विदेशी नागरिकहरू डिसेम्बरदेखि अष्ट्रेलिया जान पाउने निर्णय गरेको छ ।

भिसा पाएका विदेशी नागरिक डिसेम्बरदेखि आफ्नो मुलुकमा प्रवेश गर्न पाउने प्रधानमन्त्री स्कट मोरिसनले बताएका हुन् । खोप लगाएका विद्यार्थी, व्यापारिक भिसा लिएका व्यक्ति र शरणार्थीलाई डिसेम्बर १ देखि अष्ट्रेलिया प्रवेश गर्न दिने उनको भनाइ थियो ।

कमेन्टहरु
Loading...