व्यास नगरपालिकामा हरिबोधिनी एकादशीमा सार्वजनिक बिदा

व्यास नगरपालिकाले कात्तिक २९ गते हरिबोधिनी एकादशीका दिन सार्वजनिक बिदा दिएको छ।

नगरपालिकाको कात्तिक २३ गते बसेको कार्यपालिकाको बैठकले उक्त दिन बिदा दिने निर्णय गरेको हो।

व्यास नगरपालिकाअन्तर्गत सम्पूर्ण कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था अत्यावश्यक सेवाबाहेक बिदा दिइएको व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले जानकारी दिए।

त्यसैगरी, व्यास नगरपालिकाभित्रका सामुदायिक तथा निजी शैक्षिक संस्था एवं अन्य संघसंस्थामा नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

कमेन्टहरु
Loading...