पाेखरा । मुस्ताङमा हिउँ पहिरो गएको छ। धौलागिरी क्षेत्रको मानापाथी हिमालमा हिउँपहिरो गएको हो । आज बिहान करिब ११ बजेर ४० मिनेटमा धौलागिरि हिमालको रेन्जबाट हिउँ पहिरो गएको बताइएको छ ।
जिल्लाको थासाङ गाउँपालिका–२ मा पर्ने खोला माथिको हिमाली भेगमा हिमपहिरो जाँदा कोवाङ, नाउरिकोट खोला लगायतमा बसोबास गर्ने स्थानीयको भागदौड भएको थियो। भागदौडमा परि ९ जना घाइते भएका र उनीहरुलाई उपचारका लागि अस्पताल लगिएको छ । प्रहरीका अनुसार मुस्ताङमा हिम पहिरो अहिले रोकिएको छ ।
घाइतेको संख्या अझ बढी हुन सक्ने प्रहरीको अनुमान छ ।