हैजा नियन्त्रणका लागि माग गरिएको खोप आज नेपाल आउँदै

सरकारले हैजा नियन्त्रणका लागि माग गरेको हैजाविरुद्धको खोप आज नेपाल आउँदै छ ।

कपिलवस्तुको महामारी प्रभावित क्षेत्रका स्थानीयका लागि सरकारले माग गरेको झन्डै साढे २ लाखभन्दा बढी मात्रा खोप आज नेपाल आइपुग्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका सह प्रवक्ता डा।समिर कुमार अधिकारीले कोलेर खोप विश्व स्वास्थ्य संगठन, गाभी र युनिसेफको ग्लोबल स्टकमा रहेको युनिसेफको सप्लाई डिभिजन नेटवर्क हुँदै भारतबाट नेपाल ल्याउन लागिएको बताए ।

आउने आइतवारबाट खोप लगाउने तयारीका साथ काम भइरहेको पनि उनले बताए । कपिलवस्तुको कृष्णनगरपालिकामा ६० हजार १ सय ५६, महाराजगञ्जमा ५३ हजार १ सय ५६, शिवराजमा ६४ हजार ७ सय ७८, विजयनगरमा ३५ हजार ९ सय ३ र यशोधरामा ३७ हजार ७ सय ८३ मात्रा खोप वितरण गरिने पनि उनले बताए । कपिलवस्तुमा हालसम्म १ हजार ३ सय ६४ जनामा झाडापखाला सम्बन्धी समस्या देखिएको छ । जसमध्ये १ हजार ३ सय ६२ जना निको भएका छन् भने २ जना उपचाररत छन् । हालसम्म झाडापखालाका कारण ४ जनाको मृत्यु भइसकेको छ ।

कमेन्टहरु
Loading...