(फाइल तस्विर)
बागलुङ । गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले प्राप्त बजेट बढी भन्दा बढी कार्यान्वयन गर्न कर्मचारीहरुलाई निर्देशन दिएका छन् । अर्थ मन्त्रालयले विहिबार बागलुङमा आयोजना गरेको बजेट कार्यान्वय र आर्थिक अनुशासन सम्बन्धि अन्तरक्रिया एवं छलफल कार्यक्रममा वोल्दै मन्त्री बरालले अघिल्लो बर्षको तुलनामा यस बर्ष करिब ५ अर्ब कम बजेट विनियोजन भएकोले प्राप्त बजेटलाई प्रभावकारी ढंगले कार्यान्वन गर्न निर्देशन दिएका हुन् ।
बजेट कार्यान्वनमा केही समस्या भए मन्त्रालयसँग समयमै समन्वय गर्न आग्रह गर्दै मन्त्री बरालले बजेट कार्यान्वयन गर्न दाहित्व र जिम्मेवारका हिसावले सवै उत्तिर्कै जिम्मेवार बन्नुपर्ने बताए । नयाँ मान्छे बन्न सके थोरै बजेटले धेरै काम गर्न सकिने बताउनु भएको मन्त्री बरालले कर्मचारीको फेस रिडिङ गर्न पनि जिल्लामै पुगेर प्रदेश माताहातका कार्यालय प्रमुखहरुसंग भेटघाट तथा छलफल गरिएको बताए । अहिलेको सरकारलाई दाहित्व बढेकोले बजेट कार्यान्वयन र राजश्व संकलनमा बृद्धि गर्नु अर्को चुनौती थपिएको उनको भनाई थियो ।
गण्डकी प्रदेशका सांसद दीलमाया रोकाले बजेट कार्यान्वयनकै समयमै छलफल भएको कारण बजेट कार्यान्वयनमा यस बर्ष खासै समस्या नआउने विश्वास व्यक्त गरे । बागलुङ जिल्ला भौगोलिक हिसावले धेरै दुर्गम क्षेत्र रहेकोले जनताका धेरै आवश्यकता पुरा गर्न पनि साना र धेरै योजना समेट्नु पर्ने बाध्यता रहेको उनले बताए ।
बागलुङका प्रमुख जिल्ला अधिकारी शिव कुमार कार्कीले एउटै कार्यक्रममा स्थानिय, प्रदेश र संघ सरकारको बजेट पर्दा भ्रष्टचार हुने सम्भावना रहेको दाबी गरे । जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुंगानाले जनताको आवश्यकता एका तर्फ बजेट अर्को तर्फ परेको गुनासो गरे ।
अर्थ मन्त्रालयका सचिव बैकुण्ठ भण्डारीले बजेट कार्यान्वयनको अबस्था बुझि कठिनायी भएको अबस्थामा सहजीकरण गर्ने उद्धेश्यले बागलुङ जिल्लामा छलफल गरिएको बताए । अर्थ मन्त्रालयका कम्पुटर अधिकृत चुडा रोकाले बागलुङको गत बर्ष र चालु आ.व.को प्रगती विवरण पेश गरेका थिए । धेरै योजनामा बजेट कटौती भएका, बहुबर्षीय योजनामा समेत न्यून बजेट विनियोजन भएकोे, कर्मचारी अभाव, केही योजना सम्बन्धित मन्त्रालयलाई जानकारी नभई योजना पर्ने गरेको लगायतको गुनासो गरेका थिए । बागलुङमा प्रदेशका १२ वटा कार्यालयहरु हाल संचालन भएका छन् ।