पोखरा । बिजनेस प्रोफेशनल एग्रो प्रा.लि.को अध्यक्षमा अभिषेक काफ्ले निर्विरोध चयन भएका छन् । प्रा.लि.को तेस्रो साधारण सभा तथा प्रथम अधिवेशनले काफ्ले अध्यक्षमा चयन भएका हुन् । काफ्लेको नेतृत्वमा सात सदस्यीय नयाँ कार्य समिति निर्विरोध चयन भएका छन् ।
स उपाध्यक्षमा भीम सुवेदी, सचिवमा विजय क्षेत्री र कोषाध्यक्षमा सन्तोष लामिछाने चयन भएका छन् ।
सदस्यहरुमा दिपक पौडेल, अबित केसी र घनश्याम गौतम रहेका छन् ।
२८ जना शेयर सदस्यहरुबाट शुरु गरिएको यस बिजनेस प्रोफेशनल एग्रो प्रा.लि.मा हार्डवयर, इलेक्ट्रोनिक तथा इलेक्ट्रिकल इन्जिनियरिङ तथा कन्स्ट्रक्सन, प्रिन्टिङ एण्ड प्रेस, पर्यटन, पर्यटन, कृषि औजार तथा उपकरण, औषधी व्यवसाय, इन्टेरिओर तथा आर्किटेक्ट, वित्तीय संस्थामा आवद्ध युवाहरु रहेका छन् ।